२०८३ भाद्र १७ गते बुधवार

कमला र डिबिले गरे विपन्नलाई सहयोग


दाङ, २३ असोज । अमेरिकामा बस्ने कमला करारा र डिबी सागर विश्वकर्मा दम्पतिको सहयोगमा अति विपन्न परिवारलाई नगदसहित खाद्यान्न सहयोग गरिएको छ । विपन्न नागरिकको दशैँ पर्व खल्लो नहोस् भनेर कमला र डिबी दम्पतिले सहयोग गर्नुभएको हो ।

नेपालमा पाल्पा घर भई बिगत लामो समयदेखि अमेरिकामा बसोबास गर्ने कमला र डिबीको दम्पतिले चाडपर्वको समयमा विपन्न नागरिकलाई सहयोग गरिरहनु भएको छ ।

यसपटक पनि दशैँ पर्वलाई लक्षित गरेर नगद र खाद्यान्न सहयोग गर्नुभएको कमलाको दिदी तुलसीपुर निवासी युवा कराराले बताउनुभयो । सामाजिक अभियान्ता समेत रहनुभएकी युवाले कमल र डिबिसंग समन्वय गरेर विपन्न नागरिकलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।

आज तुलसीपुर उपमहानगरपालिका र दंगिशरणका अतिविपन्न ६ घरपरिवारलाई खाद्यान्न र नगद सहयोग गरिएको उहाँले बताउनुभयो । दिदी युवाको समन्वयमा छ घर परिवारलाई तुलसीपुरबाट सहयोग गरिएको हो । खाद्यान्न र नगद प्राप्त गरेपछि उनीहरुले धन्यवाद समेत ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस