दाङ, २१ असोज । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दसै बिदामा पनि ओपिडि सन्चालन गर्ने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिदै दसैं बिदामा पनि ओपिडि सन्चालन हुने जानकारी दिनुभयो ।
एमडिजिपि डा. धिरज जैसवालमार्फत असोज २४ गतेदेखी २८ गतेसम्म विशेषज्ञ सेवा दिन लागीएको उहाँले बताउनु भयो । प्रतिष्ठानको कोठा नम्बर १५ मा डा. जैसवालबाट बिरामीले आफ्नो सेवा लिनेछन ।
जैसवालको फोन नम्बर 984-1115759 रहेको छ । बडा दशैको विदाका दिनहरूमा समेत् प्रतिष्ठानको MDGP विशेषज्ञ चिकित्सकद्वारा EHS OPD सन्चालन गरिने छ ।
प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार