दाङ, १७ असाेज ।
दाङ सल्यान सडकखण्डमा बेला बेलामा पहिरो जाँदा यात्रुले सास्ती पाउने गरेका छन् । सुख्खा पहिरो गएर अवरुद्ध बनेको सडक तीन घण्टापछि संचालनमा आएको हो ।
बिहान सवा नौ बजेतिर अवरुद्ध बनेको जेसिबिले पहिरो हटाएपछि १२ बजेदेखि मात्रै सडक सुचारु भएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ श्रीखोलास्थित आज बिहान सवा ९ बजेतिर सुख्खा पहिरो गएका कारण आज बिहानदेखि अवरुद्ध बनेको सडक पौने १२ बजेबाट सुचारु भएको हो ।
पूर्णरुपमा बन्द रहेको सडक तीन घण्टापछि सुचारू भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । सडक अवरुद्ध बनेपछि दशैँमा घर हिडेका करिब ३ घण्टा रोकिनुपरेको थियो ।
प्रकाशित मिति : २०८१ असोज १७ गते बिहिवार