
दाङ, ९ असोज । फार्मासिष्टहरुको विज्ञताले समग्र स्वास्थ्य प्रणालीलाई सुधार ल्याउने तुलसीपुर आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । विश्व फार्मासिष्ट दिवसको अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागीले बिरामीको लागि आवश्यक औषधिहरु वितरण संगै तिनीहरुको प्रयोग बारे जानकारी लिन र दिनमा फार्मासिष्टको भूमिका महत्वपूणर् हुने बताएका छन् ।
फार्मेसि संघ दाङ र तुलसीपुर बहुप्राविधिक शिक्षालयको संयुक्त आयोजनामा दिवस मनाइएको हो । फार्मेसी संघ दाङका अध्यक्ष सुलभ अधिकारीले फार्मासिस्टहरूले स्वास्थ्य सुधारमा सक्रिय भूमिका खेलेको बताउनुभयो ।
फार्मासिस्टहरूले सुरक्षित र प्रभावकारी औषधि प्रयोग सुनिश्चित गर्न, स्वास्थ्य प्रवद्र्धधन गर्न महत्वपूणर् भूमिका खेलेको उहाँको भनाई छ । उहाँले फार्मासिस्टहरूले स्वास्थ्य मार्गदर्शन र प्राथमिक उपचारका लागि पहिलो सम्पर्क बिन्दुका रूपमा काम गरिरहेको बताउनुभयो ।
नगरप्रमुख टिकाराम खड्काले फार्मासिस्टले बिरामीलाई औषधि दिँदा त्रुटी गर्न नहुने बताउनुभयो । उहाँले गम्भिरताका साथ जिम्मेवारीलाई पूरा गर्न फार्मासिस्टलाई आग्रह समेत गनुभएको छ । दिवसको अवसरमा आज बिहान तुलसीपुरमा प्रभातफेरि र अन्तरक्रिय गरिएको हो ।
तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले तुलसीपुरमा फार्मेसी पढाइ चलाउन निकै संघर्ष गर्नुपरेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा औषधि सेवनमा लापरबाही देखिने गरेको अवस्थामा फार्मासिस्टले सहि मात्रामा औषधि सेवन गर्ने पद्धतिको विकास गर्नुपर्ने बताउनुभयो ।
अहिले बजारमा चाउचाउ किनेजस्तो औषधि किनेर खाँदा स्वास्थ्यमा जटिलता आउने उहाँको भनाइ छ । यसका लागि बहुप्राविधिक शिक्षालायले फार्मासिस्ट कक्षा संचालन गरेको बताउदै गाउँ-गाउँमा सचेतता दिन आवश्यक रहेको बताउनुभयो ।
फार्मासि संघ दाङका उपाध्यक्ष बसन्त योगीले मेट्रो कलेजमा फार्मेसीको पढाइ शुरू हुनु निकै सकारात्मक कुरा रहेको बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीले स्वास्थ्य संवेदनशीलतामा फार्मेसीष्टको भूमिका निकै महत्त्वपूणर् हुने बताउनुभयो ।
नेपाल औषधि व्यवसायी संघका सचिव गिरीराज न्यौपाने, तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका सिअहेव बिष्णु गिरीले उपचारमा औषधिको समुचित प्रयोग हुनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण फार्मेसी संघ दाङका सचिव दया ज्ञवालीले गर्नुभएको हो ।