२०८३ जेष्ठ २४ गते आइतवार

तुलसीपुर नगर जेसिजद्वारा उत्प्रेरणादायी पुस्तक हस्तान्तरण


तुलसीपुर, ७ असोज । तुलसीपुर नगर जेसिजले इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेका थुनुवाहरूको लागि उत्प्रेरणादायी र जीवनोपयोगी पुस्तकहरूको हस्तान्तरण गरेको छ ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्ण विक्रम डाँगीले थुनुवाहरूलाई सकारात्मक सोचको बाटोमा अग्रसर गराउन र जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने बताउनुभयो ।


‘पुस्तकहरू ज्ञानको भण्डार हुन्। यसले मानिसलाई सकारात्मक जीवन जिउन र आफ्नो सोचलाई नयाँ दिशा दिन सक्छ।” उहाँले भन्नुभयो-‘नागरिकलाई जिम्मेवार बनाउँदै सकारात्मक सोचको विकास गर्न पुस्तकहरूको ठूलो भूमिका छ।’

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोख्रेलले तुलसीपुर नगर जेसिजको यो पहललाई धन्यवाद व्यक्त गर्दै थुनुवाहरूको लागि मात्र नभई सबैका लागि पुस्तकालय उपयोगी हुने बताउनुभयो । उहाँले पुस्तकले समाजलाई सकारात्मक दिशामा लैजान मद्दत गर्ने बताउनुभयो ।

महासचिव कमल प्रकाश शर्माका अनुसार तुलसीपुर नगर जेसिजले गत वर्ष ६० थान पुस्तक हस्तान्तरण गरेकोमा यस वर्ष थप ९० थान पुस्तक प्रदान गरिएको हो ।

यो प्रयासले थुनुवाहरूलाई सकारात्मक जीवनको मार्गदर्शन गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस