२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुर मेट्रो कलेज देशभरमै उत्कृष्ट


तुलसीपुर,२ असोज । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) देशकै उत्कृष्ट शिक्षालय बनेको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नु भएको हो ।

एक लाख राशी सहित प्रधानमन्त्री ओलीबाट शिक्षालय सञ्चालक समितिका अध्यक्ष टिकाराम खड्का र शिक्षालय प्रमुख वसन्त आचार्य सम्मानित हुनुभएको हो ।

प्राविधिक शिक्षाको गुणस्तर र नतिजाका साथै विभिन्न क्रियाकलापका आधारमा शिक्षालयलाई उत्कृष्ट घोषणा गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको शिक्षालयले डिप्लोमा तहका विभिन्न ६ वटा कार्यक्रम र प्रिडिप्लोमा तहका ३ वटा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

शिक्षालयलाई नेपालकै नमनुाकारुपमा सञ्चालन गर्नका लागि पुरस्कार र सम्मानले थप प्रेरणा दिएको शिक्षालय सञ्चालक समितिका अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार
प्रतिक्रिया दिनुहोस