२०८२ बैशाख ६ गते शनिवार

दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु


दाङ, ३१ भदौ । काँकडभिट्टादेखि दाङतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गस्थित बाराको उनासी पुलमा आज बिहान बस दुर्घटना हुँदा दाङको गढवा गाउँपालिका- ५ का अन्दाजी बर्ष ४५ का चेतन राय यादबको मृत्यु भएको हो ।

यादवको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य १० जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि बिरगंज रिफर गरिएको छ । अन्य सामान्य घाईतेको निजगढमै उपचार भईरहेको छ । दुर्घटनामा ४३ जना घाईते भएका थिए ।

गएराती एक बजे काँकडभिट्टादेखि दाङतर्फ आउँदै गरेको ना ८ ख ११६४ नं. को बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खस्दा बसमा सवार सबै घाईते भएका हुन् । बसको अगाडिको पट्दा भाँचिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस