सल्यान, २९ भदौ । सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ४ मा रहेको नेपाल राष्ट्रिय मावि किमुचौरले आफ्नो ६१ औं वार्षिक उत्सव र अभिभावक भेलाको अवसरमा विद्यालयलाई पूणर् रूपमा डिजिटल कक्षा घोषणा गरेको छ । प्रतिनिधि सभा सदस्य
प्रकाश ज्वालाले डिजिटल कक्षाको घोषणा गर्दै विद्यालयले आधुनिक शिक्षा प्रणालीमा महत्वपूणर् फड्को मारेको बताउनुभयो ।
उहाँले विद्यालयले विद्यार्थीहरूलाई प्रविधिसँग जोड्ने नयाँ युगको सुरुवात गरेको बताउनुभयो । सांसद ज्वालाले विद्यालयलाई डिजिटल बनाउने यो पहलले सम्पूणर् शैक्षिक क्षेत्रमा क्रान्ति ल्याउने बताउँदै दुर्गम क्षेत्रमा यस्तो प्रविधिमैत्री प्रयासको खाँचो रहेकोमा जोड दिनुभयो । ‘डिजिटल शिक्षा भविष्यको मुख्य आधार हो ।’ उहाँले भन्नुभयो-‘यसले विद्यार्थीहरूको क्षमतामा गुणात्मक सुधार ल्याउनेछ ।’
गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले विद्यालयको यस कदमलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले कपुरकोटको शैक्षिक स्तरलाई उच्च बनाउने दिशामा सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘नेपाल राष्ट्रिय मावि किमुचौरको यो कदमले शैक्षिक क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना गरेको छ ।’ उहाँले भन्नुभयो-‘जसले विद्यार्थीहरूलाई आधुनिक शिक्षा प्रणालीसँग जोड्न मद्दत पुर्याउनेछ ।’
कार्यक्रममा राष्ट्रिय सभा सदस्य उदय बहादुर बोहोरा, कणर्ाली प्रदेश वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, शैक्षिक संगठनका प्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू र पत्रकार लगायतले विद्यालयको डिजिटल पहलको प्रशंसा गर्दै यसले भविष्यमा कपुरकोटका विद्यार्थीहरूलाई प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक दामोदर शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हासिल गरेका उपलब्धिहरू र आगामी योजनाहरूको बारेमा विस्तृत जानकारी दिनुभयो । विद्यालयलाई प्रविधिमा आधारित शिक्षा प्रदान गर्न आवश्यक उपकरणहरू स्थापित गरिने र शिक्षकहरूको प्रविधि तालिमलाई प्राथमिकता दिने योजना रहेको उहाँले बताउनुभयो ।