२०८१ मङ्सिर २३ गते आइतवार

सगरमाथा स्कुलद्वारा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण


दाङ, २९ भदौ ।

तुल्सीपुर-९ बेलुवामा रहेको सगरमाथा स्कुलले ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा तुल्सीपुर उपमहानगरपालिका ७ स्थित अपाङ्गता अध्ययन केन्द्रमा आश्रित १२ जना अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री र फलफूल वितरण गरेको छ।

स्कुलका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर अपाङ्गता भएका बालबालिकालाई सहयोगस्वरूप सामग्री वितरण गरेका थिए। यसबारेमा विद्यालयका भाइस प्रिन्सिपल केशर बुढाथोकीले जानकारी दिँदै, विद्यार्थीहरूमा समाजसेवाको भावना जगाउन यो कदमलाई प्रेरणादायी भएको बताउनुभयो।

तुलसीपुर अपाङ्गता अध्ययन केन्द्रका सदस्य सचिव यज्ञबहादुर विश्वकर्माले यसरी अपाङ्गता भएका बालबालिकालाई विद्यार्थीहरूले सहयोग गरेकोमा खुशी व्यक्त गर्दै, यसले बालबालिकाहरूमा थप प्रेरणा जगाएको बताउनुभयो। साथै, विद्यार्थीहरूको योगदानका लागि उहाँले धन्यवाद ज्ञापन गर्नुभयो।

विद्यालयका प्रिन्सिपल छवि कुमार ओलीले केही समयअघि पनि विद्यार्थीहरूले अनाथ बालबालिकालाई शैक्षिक सामग्री र फलफुल वितरण गरेको बताउँदै, यसलाई निरन्तरता दिने योजना रहेको जनाउनुभयो। उहाँले विद्यार्थीहरूमा समाजसेवाको भावना विकास गराउन यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने उल्लेख गर्नुभयो।

सो अवसरमा विद्यालयले विभिन्न अतिरिक्त कार्यक्रमहरूको पनि आयोजना गरेको जानकारी विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले दिनुभएको छ।

प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस