२०८१ फाल्गुन १ गते बिहिवार

वडाध्यक्षबाट कार्यपालिका बैठक बहिष्कार, एजेन्डा नै च्यातेर निस्कीए


तुलसीपुर, २८ भदौ ।
तुलसीपुर उपमहानगरपालिकाकाे २५ औं कार्यपालिका बैठक दुई जना वडाध्यक्षले बहिष्कार गरेका छन् ।


तुलसीपुर-५ का वडाध्यक्ष बिरेन्द्र शाह र वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालले बैठक बहिष्कार गरेर निस्कीएका छन् ।


वडाअध्यक्ष घनश्याम ढकाललाई मिडियामा उपमहानगरपालिकाका सबै सूचना दिएकाे भनेर मेयर टिकाराम खड्काले आराेप लगाएपछि दुई जना वडाध्यक्ष बैठक बहिष्कार गरेर बाहिरीएका हुन् ।

वडाध्यक्ष शाहले आजका कार्यपालिका बैठकका एजेन्डा समेत च्यात्नुभएकाे छ ।

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस