२०८१ फाल्गुन १ गते बिहिवार

दाङमा स्क्रब टाइफसको संक्रमण फैलिदै


दाङ,२८ भदौ । दाङ जिल्लामा स्क्रब टाइफसका बिरामीहरूको संख्या बढ्दै गएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आएका बिरामीहरूमा स्क्रब टाइफसको लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमित बिरामीहरूको संख्या निरन्तर बढिरहेको छ।

प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार, २०८१ सालको पछिल्लो पाँच महिनामा मात्रै १०० भन्दा बढी बिरामीहरूमा स्क्रब टाइफसको संक्रमण भेटिएको छ। भट्टराईले बताएअनुसार, बैशाखदेखि भदौ २७ गतेसम्म १,३८४ जनाले स्वास्थ्य परीक्षण गराउँदा १५७ जनामा संक्रमण पोजेटिभ देखिएको छ।

स्क्रब टाइफसका पोजेटिभ बिरामीहरूमा ज्वरो आउने, पसिना आउनेजस्ता लक्षण देखिने गरेका छन्। ‘यो रोगको समयमै उपचार गरिए निको हुन्छ, तर ढिलो भयो भने ज्यान गुमाउने जोखिमसमेत रहन्छ। ‘भट्टराईले थप जानकारी दिँदै भन्नुभयो – ‘२०७९ साउनदेखि २०८० असार मसान्तसम्म ३,९४२ जनामा परीक्षण गर्दा ७३६ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको थियो ।’


स्वास्थ्यकर्मीहरूले समयमै परीक्षण र उपचार गराउन सुझाव दिएका छन्।

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस