
दाङ, २१ भदौ । महिला वर्तालुलाई पुष्पन हेल्थ नेपालको स्वास्थ्य सेवा प्रदान गरेको छ । पुष्पनले शुक्रबार हरितालिका तीजको अवसरमा विभिन्न ठाउँका महिला वर्तालुलाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।
तुलसीपुर-४ को ठुलाखाली, आँखा अस्पताल रक्षाचौर, तुलसीपुर-७ को खर्चवा र तुलसीपुर-१२ को जसपुरमा पुष्पनले हेल्थ डेस्क संचालन गरी स्वास्थ्य सेवा प्रदान गरेको हो ।

डेस्कबाट प्रेसर जाँच तथा सामान्य प्रकृतिको स्वास्थ्य समस्या समाधानका लागि औषधि वितरण गरेको पुष्पन हेल्थ नेपालका अध्यक्ष पुष्पराज रिजालले जानकारी दिनुभयो ।

शिवालय मन्दीर तथा नाच हुने स्थलमा हेल्थ डेस्क संचालन गरेपछि महिलासंगै कतिपय पुरुषले पनि स्वास्थ्य सेवा लिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०८१ भाद्र २१ गते शुक्रवार