२०८२ जेष्ठ २९ गते बिहिवार

हरितालिका तीज आज उल्लासपूर्वक मनाइँदै, मन्दिरहरूमा भक्तजनको भीड

दाङ, २१ भदौ। हिन्दू महिलाहरूले हरितालिका तीज पर्व धार्मिक तथा सांस्कृतिक उत्साहका साथ मनाइरहेका छन्। भगवान शिवको आराधना गर्दै महिलाहरूले आफ्नो पतिको दीर्घायु र समृद्धिका लागि व्रत बस्ने र विशेष पूजा गर्ने परम्परा यस पर्वमा समावेश छ।

तीजको अवसरमा महिलाहरूले नयाँ पहिरनमा सजिएर समूहमा तीज गीत गाउने, नाच्ने र सांस्कृतिक धरोहरको संरक्षण गर्ने गर्दछन्। पशुपतिनाथ मन्दिर लगायतका प्रमुख शिवालयहरूमा बिहानैदेखि व्रतालुहरूको घुइँचो लागेको छ। विभिन्न स्थानमा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका छन्।

सरकारले तीजको अवसरमा सार्वजनिक बिदा दिएको छ भने महिलाहरूलाई समर्पित विशेष कार्यक्रमहरू पनि सञ्चालन गरिएका छन्। कतिपय ठाउँमा निरन्तर वर्षाले उत्सवको रौनकमा असर गरे पनि भक्तजनहरूको उत्साह भने उस्तै छ।

प्रकाशित मिति : २०८१ भाद्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस