२०८१ फाल्गुन ६ गते मङ्गलवार

आज २०८१ साल भदौ १९ गते बुधबारको राशिफल

आज २०८१ साल भदौ १९ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर ४ तारिख। भाद्र शुल्क पक्षको प्रतिपदा उपरान्त द्वितीया तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशी -आज तपाईकाे प्रसंसा बढ्नेछ ।नयाँकार्य मा सहभागि भैएला ।सामाजीक एवं नेतृत्व क्षमता वढ्ला ।दिन प्रेमिल रहला ।

बृष राशी -स्वास्थ्यमा ख्याल गर्नुहाेला । शत्रु बढ्ने समय छ । मानसिक शान्तिमा ख्याल राख्नुहाेला ।

मिथुन राशी -साझेदारीमा गरिएका कार्यमा सुधार हाेला ।अध्यात्ममा मन जाला । अध्ययनमा सफलता हाेला ।

कर्कट राशी -आज भाग्यले साथ दिनेछ । अधुरा कार्य पुन सुचारु हाेलान् ।व्यवसायमा प्रगति हाेला । मानसिक शान्तिमा भने ख्याल राख्नु हाेला ।

सिंह राशी -सामाजीक प्रतिष्ठा वढ्ला ।करियरमा प्रगति हाेला । उच्च व्यक्ति संग सम्बन्ध बढ्ला ।

कन्या राशी -वाद विवादमा परिएला । खर्च बढ्ला । मानसिक स्वास्थ्य विग्रन सक्ला । समय मध्ययम रहेकाे छ ।

तुला राशी -नयाँ कार्यकाे अवसर प्राप्त हाेला ।व्यक्तित्वकाे आकर्षण वढ्ला ।परिवारमा भने केहि विवाद वढन सक्ला ।

बृश्चिक राशी -स्वास्थ्य समस्या वढ्ला । कार्य क्षेत्रमा चुनाैति हाेला । आज मनलाई शान्त राख्न याेग ध्यान गर्दा शुभ हाेला ।

धनु राशी -बैवाहिक जीवनमा लिक ख्याल गर्नु पर्ला । साझेदारी कार्यमा सुधार हाेला । धर्मकर्ममा मन जाला । दिन रमाईलाे संग बित्नेछ ।

मकर राशी -अध्ययन अध्यापन क्षेत्र ठिक रहला । धार्मिक यात्रा हाेला ।प्रष्ट विचारले अरुकाे मन आकर्षण गरिएला । अर्थ लाभ हाेला ।

कुम्भ राशी -चुनाैतिपूर्ण दिन रहला ।कार्य क्षेत्रमा अलिक ध्यान दिनु पर्ला । सामाजीक कार्यमा आक्षेप खेप्न पर्ला ।

मिन राशी -स्वास्थ्य विग्रन सक्ला । मनमा कुरा राख्न नसक्दा विवादमा परिएला । अनावश्यक खर्च बढ्ला ।

ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा
सचिव – नेपाल ज्याेतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपुर क लाईन दाङ ।
फाेन नं ९८४८०६०७९९

प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस