
आज २०८१ साल भदौ १७ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर २ तारिख। भाद्र कृष्ण पक्षको औंसी तिथि। बुवाको मुख हेर्ने दिन। कुसे औंसी। गोकर्ण स्नान। मोती जयन्ती जस्ता पर्व र अवसर आज परेका छन्। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्योतिष माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि: आजको दिन शुभ रहनेछ। तपाईंको व्यक्तित्वको प्रशंसा बढ्नेछ। करियरमा सफलता मिल्नेछ, तर स्वास्थ्यमा ध्यान दिनु पर्नेछ।
वृष राशि: आज स्वास्थ्यमा केही समस्या आउन सक्छ। मन अस्थिर रहन सक्छ, र तपाईं झूटो कुराको आलोचक बन्न सक्नुहुन्छ।
मिथुन राशि: आज शुभ समाचार सुन्न पाइनेछ। साझेदारीमा विवाद उत्पन्न हुन सक्छ, तर अध्यात्ममा रुचि बढ्नेछ। आर्थिक क्षेत्रमा सुधार आउनेछ।
कर्कट राशि: आजको दिन भाग्यशाली हुनेछ। आर्थिक स्थिति सवल रहनेछ र पारिवारिक प्रेममा वृद्धि हुनेछ।
सिंह राशि: आज मान-प्रतिष्ठा बढ्नेछ। नेतृत्व क्षमता वृद्धि हुनेछ र करियरमा राम्रो प्रगति हुनेछ। दिन शुभ रहनेछ।
कन्या राशि: स्वास्थ्यमा समस्या आउन सक्छ। मानसिक विचलन बढ्नेछ र गरिराखेका कार्यमा बाधा आउन सक्छ। खर्च बढ्ने सम्भावना छ।
तुला राशि: आजको दिन प्रशंसनीय रहनेछ। कार्यमा बाधा हट्नेछ र अध्ययनमा रुचि बढ्नेछ। तपाईंको व्यक्तित्वको प्रशंसा हुनेछ।
वृश्चिक राशि: स्वास्थ्यमा समस्या आउन सक्छ। कार्यमा बाधा तथा चुनौती आउन सक्छ। तर, जोस-उत्साहमा वृद्धि हुनेछ र सामाजिक कार्यमा सफलता मिल्नेछ।
धनु राशि: पारिवारिक सहयोग प्राप्त हुनेछ। अधुरा कार्य पूर्ण हुनेछन्। आर्थिक क्षेत्र सवल रहनेछ।
मकर राशि: धार्मिक यात्रा सम्भावना छ। दिन दबावपूर्ण महशुस हुनेछ, तर आर्थिक क्षेत्र भने सवल रहनेछ।
कुम्भ राशि: आजको दिन शुभ हुनेछ। परिश्रमको मिठो फल प्राप्त हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ र उच्च पद प्राप्त हुनेछ। स्वास्थ्यमा भने मध्यम स्थिति रहनेछ।
मीन राशि: मानसिक चिन्ता बढ्न सक्छ। गोपनीयता राख्न नसक्नाले समस्या आउन सक्छ। जीवनसाथीसँगको सहकार्यमा कार्य सफल हुनेछन्। दिन मध्यम रहनेछ।
ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपुर, क-लाइन, दाङ
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
फोन नं: 9848060799