दाङ, १५ भदौ । गुरुकुल एकेडेमी तुलसीपुरले शनिबार तीज विषेश कार्यक्रम गरेको छ । प्रशासन प्रमुख शुष्मा आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा उपप्रमुख चौधरीले तीज पर्वलाई भड्कीलो बनाउन नहुने बताउनुभयो । उहाँले तीज पर्व मेलमिलापको पर्व रहेको भन्दै कला, संस्कृति जोगाउँदै मनाउनुपर्ने बताउनुभयो ।
उहाँले शिक्षा बिना मानिसको जीवन अधुरो रहने भन्दै बालबालिकाको शैक्षिक भविष्यमा गुरुकुलले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले गुरुकुलले बालबालिकालाई शिक्षासंगै स्थानीय जनशक्तिलाई रोजगारी प्रदान गरेको समेत बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द गीरी, सिइओ जयन्त कुमार उपाध्याय लगायतको उपस्थिति रहेको थियो । अनुशासन प्रमुख चिन्तना धितालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सिर्जना बोहोराले गर्नुभएको हो ।