तुलसीपुर, १५ भदौ । हरितालीका तीजको अवसरमा मिड वेस्ट पोइन्ट एकेडेमी शान्तिनगर-७ खैरेनीले तीज मिलन कार्यक्रम गरेको छ ।
कार्यक्रममा शान्तीनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत तीजलाई एक धार्मिक पर्वको रूपमा सम्मान गर्दै भव्यता भन्दा सब्यता र परम्परालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबोध कुमार डाँगीले विद्यालयले सधैं विद्यार्थीको भावनालाई सम्मान गर्दै कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
प्रधानाध्यापक बिरबहादुर घर्तीले शिक्षक र विद्यार्थी बीचको सम्बन्ध सुधार गर्न र सामिप्यता बढाउन यस्ता सांस्कृतिक कार्यक्रमहरू महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा सांस्कृतिक प्रदर्शनका साथै विद्यार्थीहरूको नृत्य प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा अंशु योगी प्रथम, सुरक्षा भण्डारी दोस्रो र मनिषा डाँगी तेस्रो भएका थिए । २० जना प्रतियोगीहरूबीच भएको प्रतिस्पर्धामा निणर्यकको भूमिका पत्रकार कृष्ण अधिकारी र शिक्षिका मोनिका बिष्ट रहनुभएको थियो ।
क्रममा विद्यालयकी छात्रा करुना डाँगीले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक पूणर् बोहरा, आर्जु केसी, र विद्यार्थी युरिसा डाँगी, संजु भण्डारी र एलम केसीले गर्नुभएको हो ।


