२०८१ मङ्सिर २३ गते आइतवार

हिमालमा कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत


दाङ, १५ भदौ । हिमाल एकाडेमी तुलसीपुरको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले शुक्रबार कक्षा ११ का नयाँ छात्र-छात्रालाई स्वागत गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक मधु सुदन केसीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथी डाक्टर लोकराज पराजुलीले विद्यार्थीमा अनुशासन, नैतिकता, इमान्दारिता र राष्ट्रप्रेमको भावना जागरित गराउने शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।

उहाँले अबको शिक्षा बजारमा बिक्ने खालको हुनुपर्ने धारणा राख्दै, अहिलेको शिक्षा प्रणालीमा त्यो सम्भावना कम रहेको उल्लेख गर्नुभयो । उहाँले राज्यले युवाशक्तिलाई विदेश पठाइरहेको तथ्यलाई पनि उठाउनुभयो ।

कार्यक्रममा सहायक प्रधानाध्यापक मुकेश कुमार र शिक्षक भीम मरासिनीले पनि आफ्नो मन्तव्य राख्नुभएको हो । विद्यार्थीहरूले गीत, नृत्य, गजल, मुक्तक, कविता आदि प्रस्तुत गरेका थिए भने विभिन्न खेलकुद प्रतियोगितामा बिजयी छात्र-छात्रालाई पुरस्कार वितरण गरिएको हो ।

छात्रा कृशा जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण छात्रा मुना पाण्डे र छात्र समीर सेन ठकुरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस