२०८३ भाद्र १८ गते बिहिवार

आजकृष्ण जन्माष्टमीको अवसरमा कपुरकोट बजारमा कलस यात्रा (तस्बिरहरु)


सल्यान, १० भदौ ।
आजकृष्ण जन्माष्टमीको अवसरमा कपुरकोट बजारमा कलस यात्रा निकालिएको छ । जन्माष्टमी पर्वको अवसरमा कलश यात्रासंगै विभिन्न कृष्ण भगवान सम्बन्धि संस्कृतिक कार्यक्रम गरिएको छ ।

विश्व हिन्दु परिषद कपुरकोटको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण जित प्रसाद आचार्यले गर्नु भएको हो । त्यस अवसरमा भगवान कृष्ण सम्बन्धि प्रवचन कृष्ण कुमार शर्मा धिताल र यादव शर्माले गर्नुभएको हो ।

कार्यक्रममा कपुरकोट गाउपालिका का ३ न वडा अध्यक्ष प्रदिप खड्काले कला संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड निुभयो ।

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस