२०८१ मङ्सिर २३ गते आइतवार

उत्पादनमूलक क्षेत्रमा लगानी बढाऔँ- प्रचण्ड


दाङ, ८ भदौ । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने आर्थिक विकासका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।

बिजौरी उद्योग वाणिज्य संघको ११ औँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री न्यौपानले तीनै तहका सरकारले दाङको पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि तीनै तहको समन्वय हुनुपर्ने बताउनुभयो ।

उहाँले तुलसीपुरको छिल्लीकोट, चमेरे गुफालाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सडक लगायतका पूर्वाधार विकास गरेर पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न सकिनेमा जोड दिनुभयो ।

अहिले पनि तीन तहका सरकार बिच समन्वय हुन नसक्दा विकासले गति लिन नसकेको बताउँदै उहाँले हाइमास्ट लाइटमै राजनीति हुन थालेको बताउनुभयो ।

प्रदेश सरकारले बजारको सुरक्षाका लागि हाइमास्ट लाइट जडान गरेको अब स्थानीय सरकारले बिद्युत जडान गर्नुपर्ने बताउनुभयो । उहाँले बिजौरीको आर्थिक विकासका लागि होलेरी जोड्ने सडक बिजौरी-होलेरी सडकको स्तरोन्नतीले चाडै पूणर्ता पाउने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस