
दाङ, ८ भदौ । दाङको तुलसीपुरमा एक महिला मृत अबस्थामा फेला परेकी छन् । रोल्पा रुन्टिगढी गाउँपालिका-६ बेतनी बस्ने ४३ वर्षका बसन्ती सार्की मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
गत ५ गते ७ बजेतिर तुलसीपुर- १९ सुन्दरखोला दाङ र रोल्पाको सिमान स्थित घरदेखि करिब ३०० मिटर टाढा सुन्दर खोलामा पानी लिन भनि निस्केकोमा घर नफर्किएपछि आफन्तीले प्रहरीलाई खबर गरेका थिए ।
बसन्तीको शब आज दिउँसो ३ बजेतिर घर देखि करिब ४ किलोमिटर तल तुलसीपुर-१९ दुम्री चौर स्थित ग्वारखोलाको सहायक हङगालामा मृत अबस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार