
दाङ, ३ भदौ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । नम्बर नखुलेको मोटरसाइकलले सोमबार दिउँसो पौने ४ बजेको समयमा ठक्कर दिंदा तुलसीपुर २ खैरीपुर बस्ने कमला रेउलेका ८ वर्षीय छोरा सौरभ रेउले घाइते भएका हुन् ।
बालकलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ पुलचोकस्थित बसपार्कबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।
बालकलाई टाउको र निधारमा चोट लागेको छ । घाइते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बालकको अवस्था मध्यम छ ।
प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार