
दाङ, २ भदौ । दाङमा क्रियाशिल पत्रकारलाई सूचनाको हक कार्यान्वयन र एआइको प्रयोगबारे प्रशिक्षण गरिएको छ ।
सञ्चारिका समूह नेपालको आयोजनामा तथा द एशिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र सामुदायिक सारथीको सहकार्यमा सञ्चालित लमहीमा दुई दिनसम्म प्रशिक्षण गरिएको हो ।
शनिबारदेखि शुरु भएको दुईदिने प्रशिक्षण शिविर आइतबार सकिएको हो । शिविरमा सूचनाको हकसम्बन्धी महत्त्वपूणर् जानकारी र प्रशिक्षण प्रदान गरिएको छ भने एआईको प्रयोग र यसको वर्तमान तथा भविष्यका सम्भावनाहरूबारे पनि प्रशिक्षण गरिएको छ ।
शिविरको पहिलो दिन ताराबहादुर भण्डारी र जेपी विश्वकर्माले सूचनाको हकको कानूनी प्रावधान, सूचना पहुँचका उपायहरू, र यसको महत्त्वका विषयमा प्रशिक्षण गनुभएको थियो भने दोस्रो दिनको प्रशिक्षणमा सुप्रिया खड्काले एआइको प्रयोग र यसको सम्भावनाहरूबारे प्रशिक्षण गर्नुभयो ।
शिविरको समापनका क्रममा संचारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले सूचनाको हक र यसको कार्यान्वयनमा संचारकर्मी र स्थानीय समुदायको भूमिकाको महत्त्वलाई जोड दिनुभयो ।