सल्यान, ३२ साउन ।
सल्यानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । लुहामबाट सिम्क जादै गरेको लु १ ज १३९४ नम्बरको डबलक्याप त्रिवेणी गाउँपालिका वडा नं. ५ बाहुनेमुलमा दुर्घटना हुँदा ५ जना घाईते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी त्रिवेणी-६ पोखरी बस्ने लालमति बुढाथोकी, त्रिवेणी-५ सिम्क बस्ने पुणर्िमा पुन, उहाँको छोरा गणेश पुन, दाङको तुलसीपुर-३ का तेज कुमारी वली र सिस्ने गाउँपालिका रुकुम पुर्व बस्ने करुमी बिक. घाइते हुनुभएको छ ।
घाईतेहरुको लुहामको प्राथमिक उपचार पश्चात थप उपचारको लागि रिफर गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार


