दाङ, २८ साउन । तुलसीपुरमा डबल क्याप पिक अप गाडी दुर्घटनामा परेको छ । मोतिपुरबाट तुलसीपुर तर्फ आउदै गरेको बा.प्र.०३००१ च ०३८१ नम्बरको पिक अप (डबल क्याप) गाडी आज राती ८ बजेतिर तुलसीपुर-६ मोतिपुरमा दुर्घटनामा परेको हो ।
दुई जना सवार जिप अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिन गई दुर्घटना हुँदा जिपमा सवार तुलसीपुर-११ नवलपुरका २९ वर्षिय केशब खत्री घाइते हुनुभएको छ ।
उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उहाँको दाँया हात र ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको छ । गाडी चालक तुलसीपुर-११ का ३० वर्षिय मनि बिष्ट सकुशल रहनुभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार


