तुलसीपुर, २५ साउन । दाङमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार दंगिशरण -५ का ६० वषीया प्रमी चौधरी, तुलसीपुर- १९ का रुचा कराला र तुलसीपुर- १४ का ३२ वर्षीया गिता बस्नेत रहेका छन् ।
घाइते सबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
घोराहीबाट तुलसीपुरतर्फ आँउदै गरेको रा १ ख ९१५ नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भइ तुलसीपुर १९ ग्वारखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । आज शुक्रबार मध्यान्ह साढे १२ बजेतिर बस अतियन्त्रीत भई पल्टेको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो ।
बसका सहचालक घोराही- १४ का २२ वर्षीय भुवन चौधरी प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेको प्रहरीले जनाएको छ । बसमा २० जना सवार रहेका थिए ।
प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रवार