
काठ्माण्डौ, २२ साउन । उच्च शिक्षा अध्ययनका लागि विदेशीने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक अध्ययनका लागि स्वीकृति पत्र अर्थात एनओसी लिनेको सङ्ख्या बर्सेनि बढ्न थालेको हो ।
आर्थिक वर्ष २०६७/०६८ मा एनओसी लिनेको सङ्ख्या ११ हजार ९ सय रहेकोमा गत आर्थिक वर्षमा यो सङ्ख्या साढे ९ गुणाले बढेर एक लाख १२ हजार ५ सय ९३ पुगेको छ । यद्यपी एनओसी लिएका सबै विद्यार्थी वैदेशीक अध्ययनमा नजाने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०/०८१ जेठ महिनासम्मको अवधिमा विदेश अध्ययनमा विद्यार्थी जाँदा १ खर्ब १७ अर्ब ५८ लाख बाहिरिएको छ ।
गत वर्ष सबैभन्दा बढी ३४ हजार ७ सय ३१ विद्यार्थीले जापान, १५ हजार ९ सय ८२ विद्यार्थी क्यानडा र १४ हजार ३ सय ७२ विद्यार्थीले अस्ट्रेलियाका लागि एनओसी लिएका छन् । नेपालमा आपूmले चाहेको विषय पढाइ नहुनु, परीक्षा र नतिजाको टुङ्गो नहुनु, अध्ययनपछि कमाइको ठेगान नहुनुजस्ता कारणले विद्यार्थी विदेश गइरहेका छन् । -सामुदायिक सूचना नेटवर्कबाट