२०८२ बैशाख ३० गते मङ्गलवार

खोलाले बगाउँदा वेपत्ता मञ्जुको अवस्था अझै अज्ञात


दाङ, २० साउन । अटोलाई खोलाले बगाउँदा वेपत्ता भएकी मञ्जु खड्काको अवस्था अझै अज्ञात रहेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाका अनुसार खड्काको खोजि कार्य आइतबार आज पनि जारी छ ।

अटासंगै बगेका दुई जनामध्ये मञ्जुको हजुरआमा शब भने फेला परिसकेको छ । उहाँको शब घटनास्थलदेखि करिब १५ किलोमिटर टाढा ग्वारखोला तुलसीपुर-१५ मलवारमा फेला परेको हो ।

शुक्रबार राती तुलसीपुर उपमहानगरपालिका-४ र ७ को सिमानमा पर्ने बेतने खोलाले तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटोलाई बेतने खोलाले बगाउँदा हजुरआमा र नातीनी बेपत्ता हुनुभएको थियो ।

सीताका कान्छा छोरा राजिब आलेका अनुसार शनिबार विद्यालय बन्द रहने भएकाले नातिनी मन्जु खड्कालाई आफ्नो घरमा लैजान शुक्रबार बजार जानुभएको थियो ।

मन्जुको घर सुर्खेतको गुर्भाकोट नगरपालिकामा पर्छ । करिब एकसाता अघिमात्रै विज्ञान विषय अध्ययनका लागि तुलसीपुर आएकी मञ्जु तुलसीपुरमा रहेको गोर्खा माविमा कक्षा ११ मा भर्ना समेत भइसकेकी थिइन् ।

मञ्जु विज्ञान विषय अध्ययनका लागि केहि साता अघिमात्रै भर्ना भएको विद्यालयले जनाएको छ । मामाघर तुलसीपुर-४ खाद्रे गाउँमा भएकाले पनि अध्ययनका लागि टाढा भएपछि मञ्जुले तुलसीपुरको गुल्मचोक नजिकै ठूलोबुवा रुद्रबहादुर खड्काको घरमा बसेर अध्ययन गर्न थालेकी थिइन् ।

शुक्रबार मन्जुलाई लिन हजुरआमा सीता, मञ्जुको जेठी माइजु सुनिता थापा र सुनिताको सात वर्षका छोरा सुशान्त आले तुलसीपुर बजार आएका थिए । तर साँझ घर फर्किने क्रममा हजुर आमा सीता र नातीनी मन्जु अटोसंगै खोलामा बग्नुभएको थियो । तीन जना भने सकुशल उत्रन सफल हुनुभएको थियो ।

प्रकाशित मिति : २०८१ साउन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस