२०८१ फाल्गुन ६ गते मङ्गलवार

मोटरको स्विच थिच्ने क्रममा करेन्ट लागेर घाइते भएका बालारामको मृत्यु


दाङ, १९ साउन । तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ प्रिगाउँ निवासी ५० वर्षिय बालाराम ओलीको करेन्ट लागेर मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरक्षक प्रकाश थापाका अनुसार ओलीलाई शनिबार आज दिउँसो १ बजेतिर घर नजिकै रहेको बारीमा सिंचाइका लागि मोटर लगाउने क्रममा मोटरको सुईच थिच्दा तार सर्ट हुनगई दायाँ हातमा करेन्ट लागेको थियो ।

उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचरको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस