२०८१ मङ्सिर २२ गते शनिवार

घरमाथिबाट आएको पहिरोले पुरिदा हजुरआमा र नातिनीको मृत्यु

रोल्पा, १९ साउन । रोल्पा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका वडा नम्बर ४ सिउरीको कामिडाडाँमा पहिरोले घर पुरिदा हजुरआमा र र नातिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

शुक्रबार गएराति करिब १० बजेको समयमा घरमाथिबाट पहिरो आउँदा अन्दाजि ६५ वर्षकी बसुना सुनार र उहाँको नातीनी ४ वर्षकी माया सुनारको पुरिएर मृत्यु भएको हो ।

घरमा तीन जनाको परिवार बस्दै आएका थिए । बसुनाको छोरा देउसींङ कामी कामले गाउँ गएको समयमा पहिरो आएर बज्यै र नातीनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस