२०८१ फाल्गुन ७ गते बुधवार

अटाेसंगै बगेका चालककाे सकुशल उद्दार


दाङ, १८ साउन । दाङमा खाेलाले अटाे बगाउँदा वेपत्ता भएका चालककाे सकुशल उद्दार गरिएको छ ।

तुलसीपुर-घाेराही सडकखण्ड अन्तरगत तुलसीपुर-७ मा पर्ने कालाखाेला (रानीघाट) खाेलाले शुक्रबार आज राती करिब साढे ९ बजेतिर रा१ह २३५७ नम्बरको अटाे बगाएको हाे ।


तुलसीपुरबाट बिजाैरीतर्फ जाँदै गरेकाे अटाेलाई बगाउँदा वेपत्ता भएका चालक तुलसीपुर-७ पर्सेनिका २२ वर्षका दुर्गा बहादुर पुनलाई सकुशल उद्दार गरि अस्पताल लगिएको वडा अध्यक्ष रामबहादुर जिसीले बताउनुभयो । पुनकाे राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहकाे प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस