दाङ, १८ साउन ।
दाङमा खाेलाले अटाे बगाउँदा दुई जना वेपत्ता भएका छन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रकाश थापाका अनुसार तुलसीपुर-४ काे बेतने खाेलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका अन्दाजी ५५ वर्षकी सीता आले र सुर्खेत घर भई हाल तुलसीपुर-४ खाद्रेमै बस्ने अन्दाजी १७ वर्षिय मन्जु खड्का वेपत्ता हुनुभएको हाे ।
आज राती करिब सवा ८ बजेकाे समयमा तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेकाे रा१ह ४०५५ नम्बरको अटाेलाई बेतने खाेलाले बगाएको हाे ।
अटाेमा पाँच जना सवार रहेको र चालकसहित तीन जना सकुशल उत्रन सफल भएकाे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अटो चालक तुलसीपुर-४ खाद्रे ४६ वर्षका हरीकिशन बिक, साेहि ठाउँका अन्दाजी ३३/३४ वर्षको सुनिता थापा र ७ वर्षका सुशान्त आले सकुशल उत्रन सफल हुनुभएको हाे ।
वेपत्ताकाे अहिले पनि खाेजि कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ । खाेलाले स्थानीय दस्तु चाैधरीकाे चार वटा सुँगुर बगाएको तुलसीपुर-७ का अध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।