दाङ, १७ साउन । दाङमा घरको सिडीबाट लडेर एक महिलाको मृत्यु भएको छ । सल्यानको कपुरकोट गाँउपालिका ३ घरभई हाल तुलसीपुर- ५ ‘ङ’ लाइनमा कोठा भाडामा बस्ने चन्द्रवीर परियारको श्रीमति ४२ वर्षको तीला परियारको घरको सिडीबाट लडेर मृत्यु भएको हो ।
आज बिहिबार बिहान साढे ७ बजे तिर तीला घरको सिडिबाट लडेर घाइते हुनुभएको थियो । घाइते तीलालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो ।
घाइते तीलाको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले बताउनुभयो ।
प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार