
दाङ, १७ साउन । दाङमा सरीया बोकेको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक कपिलवस्तु शिवराज नगरपालिका ५ बस्ने ५९ बर्षका हरी बहादुर खत्री र सह-चालक सोही ठाँउका १८ वर्षका दिलिप थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुबैजनालाई सरियाले च्यापिएको अबस्थामा प्रहरीले उद्वार गरेको जनाएको छ । घाइते दुबै जनाको अबस्था मध्यम रहेको छ । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
लमही बाट घोराही तर्फ आँउदै गरेको ना ६ ख १६५३ नंम्बरकोे सरिया (रड) बोकेको ट्रक आज बिहिबार बिहान १०ः४५ बजेतिर घोराही उपमहानगरपालिका ४ कुइरेपानीमा दुर्घटना भएको प्रहरी नायब उपरिक्षक तिाल्सिनाले बताउनुभयो ।
उक्त ट्रक आफै अनियन्त्रित भई दुर्घटना भएको भनि बुझिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।