२०८१ फाल्गुन ३ गते शनिवार

आफन्तीको घरबाट फर्कने क्रममा खोलाले बगाउँदा दाङका एक जनाको मृत्यु


दाङ, १६ साउन । दाङमा खोलाले बगाँउदा एक जनाको मृत्यु भएको छ । खोलाले बगाँउदा तुलसीपुर-२ झारगाँउका ६७ वर्षीय तेज बहादुर भण्डारीको मृत्यृ भएको प्रहरीले जनाएको छ ।

शान्तिनगर-४ गिदनियामा रहेको आफन्तको घरमा गएका भण्डारी घर फर्कीने क्रममा चिराघाट खोला तदै गर्दा खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

चेत बहादुर र तेज बहादुर दुई भाजुभाई आफन्तको घरमा गएका थिए । आज घर फर्कने बेला दिउँसो १२ बजेतिर चिराघाट खोलाले दुई दाजुभाईलाई संगै बगाएको थियो । मृतक तेज बहादुरको भाई चेत बहादुर भने पौडी खेलर खोलाबाट बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ ।

तेज बहादुरलाई खोलाले बगाएर १ किलोमिटर तल पुर्‍याएको थियो । भण्डारीलाई खोलाले बगाइरहेको स्थानियले देखेपछि बाहिर निकाल्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस