दाङ, १६ साउन । दाङमा बस र ट्रक एकआपसमा ठोक्कीदा १९ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्ड अन्तगर्त हापुरखोलामा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४०९६ नम्बर ट्रक र विपरित दिशाबाट जाँदै गरेको ना ४ ख ३८४८ नम्बरको बस आज बिहान पौने ९ बजेतिर एक आपसमा ठोक्किदा १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते सबैजना बसका यात्रु हुन् भने सबैको अवस्था सामान्य रहेको छ । बस र ट्रक दुवै जना चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार