तुलसीपुर, १३ साउन ।
रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम शनिबार गरिएको छ ।
रोटरी क्लब अफ तुलसीपुर सिटीको अध्यक्षमा सन २०२४ /२०२५ का लागि बिनिल केसी र रोट्रयाक्ट क्लव अफ तुलसीपुरको अध्यक्षमा किरण पुन (आइएमई) सर्वसम्मत रुपमा चयन हुनु भएको हो ।
रोटरी वर्ष २०२३/२०२४ का अध्यक्ष पवन योगी र रोट्रयाक्ट वर्ष २०२३/२०२४ को अध्यक्ष इनुप भण्डारीले नव निर्वाचित २०२४/२५ का अध्यक्ष द्वय बिनिल केसी र किरण पुनलाई पद हस्तान्तरण गर्नुभएको हो ।
केसी र पुनलाई रोटरी डिष्ट्रिक ३२९२ नेपाल–भुटान जोन २६ का असिस्टेन्ट गभर्नर थानेश्वर पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । नवनिर्वाचित अध्यक्ष केसीले अन्य पदाधिकारीलाई सपथ ग्रहण गराउनुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन २६ का असिस्टेन गभर्नर थानेश्वर पाण्डेले रोटरी रोट्रयाक्ट पवित्र संस्था तथा खुसी दिने संस्था रहेको बताउनुभयो ।
उहाँले समाजलाई हित हुने काम गर्न सुझाव दिनुभयो । ‘सानो उमेरमा धेरै युवाहरु नसामा रहेका छन् तर रोटरी र रोट्रयाक्टमा आवद्ध हुनेहरु स्वास्थ्य तथा समाजलाई हित हुने नसामा हुनुपर्छ ।’ पाण्डेले भन्नुभयो ।
त्यस्तै कार्यक्रममा रोटरी क्लब अफ तुलसीपुरका पूर्व अध्यक्ष विमल रिजाल, रोटरी क्बल अफ लमहीका अध्यक्ष केशव घिमिरे, राष्ट्रिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरे, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, तुलसीपुर उपमहानगरपालिकाका बरिष्ठ वित्तिय अधिकृत ललितबहादुर घर्ती लगाएतले नवनिर्वाचित अध्यक्षहरुलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ तुलसीपुरका पूर्व अध्यक्ष तुफान बाबु श्रेष्ठले अफुले लेखेको ‘जीवन बदल्ने’ पुस्तक कार्यक्रमका प्रमुख अतिथिलाई हस्तान्तरण गर्नु भएको थियो ।
रोटरीको पदहस्तान्तरण कार्यक्रम सचिव दिपेश भण्डारी र रुपेश शर्माले सहजिकरण गर्नुभएको हो ।
रोट्राक्ट क्लव अफ तुलसीपुरको कार्यक्रमको सहजीकरण रो. सन्दीप भुसालले गर्नुभएको हो ।
यसैबीच रोटरी वर्ष २०२४/२५ का लागि अध्यक्षमा बिनिल केसी सहित भाबि अध्यक्ष सन्दिपन रिजाल प्रस्तावित अध्यक्ष देबेन्द्र केसी, उपाध्यक्ष बुद्ध प्रकाश सिंह, मनोज बस्नेत, उपाध्यक्ष रुपेश शर्मा, सचिव दिपेश भण्डारी कोषाध्यक्ष सचिन पौडेल, सह–सचिव विर बहादुर भण्डारी ( मोहन) सहित ३२ सदस्यीय रहेका छन् ।
यस्तै रोट्राक्ट क्लब अफ तुलसीपुर बर्ष २०२४/२०२५ का लागि अध्यक्षमा किरण पुन सहित प्रथम उपाध्यक्ष आकाश सिंह, महासचिव सन्दीप भुसाल, कोषाध्यक्ष रन्जीत केसीसहित ४९ सदस्यीय क्लब बोर्ड स्थापना गरिएको छ । जसमा ९ जना क्लब सलाहकार रहेका छन् ।