२०८१ फाल्गुन ६ गते मङ्गलवार

सौर्य एअरलाइन्सको जहाज दुर्घटना

काठमाडौं- पोखरा विमानस्थलका लागि परीक्षण उडानमा निस्किएको जहाज त्रिभुवन विमानस्थलको रनवे छाड्नेबित्तिकै दुर्घटनामा परेको खुलेको छ ।

सौर्य एयरलाइन्सको ८ एन एएमई (सीआरजे २००) जहाज बिहान ११ बजे पोखरा विमानस्थलमा परीक्षण उडानका लागि निस्किनेबित्तिकै दुर्घटनामा परेको हो ।

प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । पोखरामा सौर्यको नियमित उडान थिए ।

परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन् । पोखरामा नियमित उडान नभएको सौर्यको यो जहाजले उसकै कर्मचारी र इन्जिनियरसहित १९ जनालाई बोकेको थियो ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस