२०८३ भाद्र १८ गते बिहिवार

दाङमा गएरातीदेखि निरन्तर वर्षा, बाढी पहिरो जोखिम क्षेत्रका नागरिकलाई सचेतना अपनाउन आग्रह


दाङ, ८ साउन । दाङसहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । गएराति दाङ उपत्यकासहित देशका विभिन्न ठाउँमा ठूलो पानी परेको थियो ।

दाङ उपत्यकामा अहिले बिहान वर्षा केही कम भएको छ तर रातिको पानीले राप्ती तथा बबई नदीमा जलसतह बढेकोले तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै सहायक खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस