२०८१ माघ ६ गते आइतवार

तुलसीपुर-१३ ले अशक्त जेष्ठ नागरिकको घरमै भत्ता पुर्‍याउदै


दाङ, ७ साउन । तुलसीपुर-१३ ले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । शारीरिक रुपमा अशक्त भएर बिस्तराबाट उठ्न नसक्ने ६ जना जेष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा अध्यक्ष मोहनलाल पौडेलले जानकारी दिनुभयो ।

यो भन्दा पहिले तुलसीपुरबाट भत्ता लिइरहेका जेष्ठ नागरिक झन् अशक्त हुदै जाँदा वडाले उनिहरुकोको सहजताका लागि घरमा पुगेर भत्ता वितरण गरिएको उहाँले बताउनुभयो ।

अशक्त भएर ओछ्यानबाट उठन् नसक्ने तुलसीपुर १३ बराहखुटीका खिमलाल श्रेष्ठ, पवित्रा देबी सार्की, गिधनीयनका तुलसीकुमारी चौधरी, रनियापुरका पवित्रा खड्का, ढकनाका रत्नबहादुर डागी र गाइखुटीका समुद्रा सार्कीलाई घरमै पुगेर भत्ता वितरण गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

चुनावका बेला गरेका प्रतिवद्धता अहिले क्रमिक रुपमा पुरा गर्दै गएको उहाँले बताउनु भएको छ । तुलसीपुर १३ बिकट क्षेत्र र तुलसीपुर बजारसम्म आउन पनि धेरै समय लाग्ने र जेष्ठ नागरिकले दुख पाउने भएपछि वडाले घरमै पुगेर भत्ता वितरण गरेको हो ।

यसरी वडाले अशक्त नागरिकको घरमै पुगरे भत्ता वितरण गर्दा जेष्ठ नागरिकलाई सहज भएको स्थानीय समाजसेवी नवराज रावतले बताउनुभयो । उहाँले वडाले गरेको यो कामले आफु निकै खुशी भएको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस