२०८१ फाल्गुन १ गते बिहिवार

कमलपोखरी योग साधना केन्द्रको रजौरीमा गुरु पूर्णिमा विशेष कार्यक्रम


दाङ ६ साउन । दाङको तुलसीपुरस्थित कमलपोखरी योग साधना केन्द्रले रजौरीमा गुरु पूर्णिमा विशेष कार्यक्रम गरेको छ ।

योग साधना केन्द्रका अध्यक्ष बलदेव रजौरीको अध्यक्षतामा गुरु पूर्णिमा कार्यक्रम भएको हो । कार्यक्रममा यो गुरु नीलप्रसाद सापकोटाले गुरु पूर्णिमाको महत्व र सान्दर्भिकताको बारेमा चर्चा गर्नुभएको हो ।

उहाँले पछिल्लो समय गुरु र सिस्य बीचको सम्बन्ध कमजोर बन्दै गएको बताउनुभयो ।

गुरुपूर्णिमाले गुरुभक्ति अझ प्रगाट बनाउने र मनभित्रको अन्धकार हटाउँदै उज्यालो यात्रातर्फ लाग्न प्रेरित गर्ने उहाँले बताउनुभयो । सो अवसरमा सालिक्राम रजौरे , झग्गु प्रसाद पोख्रेल र बामदेव बिष्ट लगायतले मन्तव्य राख्नुभएको हो ।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस