२०८१ फाल्गुन ६ गते मङ्गलवार

मेट्रो कलेजका विद्यार्थीले सुरू गरे मेट्राे मर्मत केन्द्र


तुलसीपुर,६ साउन । तुलसीपुर उपमहानगरपालिकाले संचालन गरेकाे तुलसीपुर बहुप्राबिधिक शिक्षालय (मेट्रो कलेज)का विद्यार्थीले ´मेट्रो मर्मत केन्द्र` संचालनमा ल्याएका छन् । कलेजको इन्जिनियरिङ संकायमा अध्यनरत विद्यार्थीले तुलसीपुर-१२ हरीपाैरीमा मर्मत केन्द्र संचालनमा ल्याएका हुन् ।


मर्मत केन्द्रमा एसी,फ्रीज,इन्भर्टर,वासिङ मेसीन,पङ्खा,मिक्चर,माेटरसाईकल लगाएतका सामाग्री मर्मत गरिने मेकानिमल ईन्जिनियर तारा कँवरले जानकारी दिनुभयाे ।सामानकाे शुल्क रहेपनि मर्मत भने निशुल्क रहने उहाँले बताउनुभयाे ।


यस्तै घर वायरिङ तथा इलेक्ट्रिकल सामाग्री समेत सहुलियत दरमा मर्मत गरिने ईलेक्टिरिकल तथा ईलाेक्टराेनिक्स इन्जिनियर खेमराज नेपालीले बताउनुभयाे । उहाँका अनुसार घर वायरिङ तथा मर्मतकाे सेवा चाहिएका समय तत्कालै उपलब्ध गराउन सकिने छ ।

मर्मत केन्द्रको उद्घाटन आज (आइतबार)तुलसीपुरका नगर प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष टीकाराम खड्काले गर्नुभएकाे हाे। उहाँले कलेजमा अध्ययनरत विद्यार्थीको पढाइ सँगै सीप र आयआर्जनको वृद्वि गर्न टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयाे। उहाँले याे कार्यक्रमले पढाइसंगै विद्यार्थीलाई स्वराेजगार बनाउन शिक्षालयले भूमिका निर्वाह गर्ने बताउनुभयाे ।
शिक्षालयले ´पढ्दै र कमाउँदै`कार्यक्रम अन्तर्गत मेट्राे ममर्त केन्द्र स्थापना गरिएको शिक्षालय प्रमुख बसन्त आचार्यले जानकारी दिनुभयाे । मर्मत केन्द्रमा विद्यार्थीले गरेकाे आम्दानी शिक्षालयलाई दिनुनपर्ने उहाँले बताउनुभयाे ।उनिहरूले मर्मत केन्द्र मार्फत गरेकाे आम्दानी काेष बनाएर परिचालन गरिने ब्यवस्था मिलाइएकाे छ ।

स्नातकोत्तर सम्म परिवारवाटै रकम लिएर अध्ययन गर्ने वानिकाे अन्त्य गर्नका लागि कलेजले थालेकाे अभियान उत्कृष्ट रहेकाे तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले बताउनुभयाे ।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस