२०८३ भाद्र १८ गते बिहिवार

पहिरोले रोल्पाको एक माविको भवनमा पूणर्रुपमा क्षति


रोल्पा, ६ साउन । पहिरोले रोल्पाको एउटा माविको भवनमा पूणर्रुपमा क्षति भएको छ । अविरल वर्षापछि आएको पहिरोले शनिबार (आज) परिवर्तन गाउँपालिका ४ पाछाबाङमा रहेको माबी माइस्थानको शाखा विद्यालयको २ कोठे भवनमा पुणर् रूपमा क्षति पुर्याएको हो ।

विद्यालय बन्द रहेको समयमा पहिरो आएको हुनाले कुनै मानविय क्षति भने नभएको विद्यालय प्रशासनले जनाएको छ । पहिरोले विद्यालयको शौचालयमा समेत आंशिक क्षति पुर्याएको छ ।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस