दाङ, ५ साउन । दाङमा सर्पले टोक्दा एक महिला बिरामी परेकी छिन् । तुलसीपुर १३ बखरीयाका ३० वर्षिय संगिता नेपाली सर्पको टोकाइबाट बिरामी परेको वडा अध्यक्ष मोहनलाल पौडेलले जानकारी दिनुभयो ।
आज बिहान ४ बजे नेपालीलाई सर्पले टोकेको उहाँले बताउनुभयो । बिरामी संगिताको सर्पदंश उपचार केन्द्र ओभरी शम्शेरगञ्ज बाँकेमा उपचार भइरहेको छ । उहाँको अवस्था समान्य रहेको छ ।
यस्तै उहाँको आर्थिक अवस्था कमजोर भएका कारण वडाले उपचारमा सहयोग गर्ने वडा अध्यक्ष पौडेलले बतानुभयो । यस्तै सर्पले टोकेर बिरामी परेका व्यक्तिले वडामा जानकारी गराएमा वडाले सहयोग गर्ने बताउनुभयो ।
उहाँले सर्पले टोकेर बिरामी परेका, आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसक्ने व्यक्तिलाई वडाले उपचार खर्च गर्ने र निःशुल्क रुपमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने बताउनुभयो ।
प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार