दाङ, १ साउन । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङमा ताला लागेको छ । आंशिक प्राध्यापक संघर्ष समिति, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विभिन्न माग राख्दै ताला लगाएका छन् ।
समितले दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै तालाबन्दी गरेको हो । त्यस्तै आंशिक शिक्षकहरुलाई पटक-पटक दुःख दिने कार्य भएको अध्यक्ष नबराज ढुंगानाले जानकारी दिनुभयो ।
आंशिक नियुक्ती गर्दा ३ महिना अवधीमा मात्रै राख्नु पर्ने प्रावधान रहेपनि आफूहरु वर्षौसम्म पनि आंशिककै रुपमा रहेको भन्दै यसलाई सच्चाउन पनि भनेको समिति सचिब शेरबहादुर भाटले बताउनुभयो ।
त्यस्तै विद्यार्थीहरुले विए एमएसको लागि शिक्षक अस्पताल सञ्चालन हुनुपर्ने, नियमित पठन-पाठन हुनुपर्नेलगायतका माग राख्दै विरोधमा उत्रिएका छन् । तर, विश्वविद्यालयमा लामोसमयदेखि आन्तरिक किचलो छ ।
विश्वविद्यालयका उपकुलपति यादवप्रसाद लामिछाने र कुलसचिब माधव अधिकारीबीचको विवादले गर्दा समस्या निम्तिएको छ । २७ असारमा कुलसचिव अधिकारीकलाई उपकुलपति यादवले निलम्बन गर्नुभएको छ ।