
तुलसीपुर,२९ असार। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको बल्लेको मेला लाग्ने स्थल भाइरल डाँडामा आज (शनिबार)वृक्ष रोपण गरिएको छ।
´रुख रोपौँ वन जोगाउँ,वातावरण स्वस्थ राखौ` भन्ने उद्देश्य सहित दमारगाउँ चर्चको आयोजनामा तीन सय बढी बिरुवा रोपण गरिएको हो। अम्बा,बेलौती, घङ्गारू,चिउरी, बुकाइनो लगाएतका प्रजातिका बिरुवा रोपिएको दमारगाउँ चर्चका पास्टर टोप बहादुर महताराले बताउनुभयो।
गर्मीयाममा शहर बजारबाट शीतलता खोज्न र मनोरञ्जनका लागि सो ठाउँमा जानेहरूको बाक्लै भिड देखिन्छ । भौगोलिक रूपमा विकटता रहेपनि मनोरञ्जनका हिसाबले मेला लाग्ने ठाउँसमेत रहेकाेमा उपयुक्त स्थान रहेकाले खाली जमिनमा वृक्ष रोपण गरिएको महतराले बताउनुभयो।
वृक्ष रोपण कार्यक्रममा दमारगाउँ चर्चका अध्यक्ष धनसरा बिक,सचिव सावित्रा बिक ,कोषाध्यक्ष गीता बिष्ट, सदस्यहरु सीता पुन ,हिरालाल बिक, तिलक बिक, भूप बहादुर बिक हिमाल टोल विकास संस्थाका अध्यक्ष गणेशकुमार ओली, सचिव वीरबहादुर बुढा,सदस्य धनवीर पुन लगायतको उपस्थिति रहेको थियो।