तुलसीपुर, २८ असार । दाङका तीन पालिकामा भोलि शनिबार विद्युत सेवा अबरुद्ध हुने भएको छ ।
फिडर वरिपरिका रुखका हाँगा काट्नु पर्ने, फिडर र सवस्टेशन मर्मत गर्नुपर्ने भएकाले विद्युत सेवा अबरुद्ध हुने भएको हो ।
विहान १० बजेदेखि ५ बजेसम्म तुलसीपुरसंगै शान्तिनगर र दंगीशरणका केही क्षेत्रमा विद्युत सेवा अबरुद्ध हुने भएको हो ।
हापुरे १३२/३३ केभि सवस्टेशन क्षेत्रमा मर्मत हुन लागेको हो ।
प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रवार