दाङ, २८ असार । तुलसीपुरमै जापनिज खाना ‘सुशी’ बनाउने सिप सिकाउन थालिएको छ । कुमाख कलेजमा होटेल म्यानेजमेन्ट पढिरहेका विद्यार्थीलाई जापनिज खाना ‘सुशी’ बनाउने सिप सिकाउन थालिएको हो ।
विश्व बजारमै जापानिज खाना ‘सुशी’को माग बढ्दै गएको अवस्थामा वैदेशिक रोजगारीमा जाने तथा स्वदेशमै होटेल म्यानेजमेन्ट पढिरहेका विद्यार्थीलाई ‘सुशी’ बनाउने सिप सिकाउन थालिएको कलेजका संचालक तथा युवा व्यवसायी तुफान केसीले बताउनुभयो ।
सुशी बनाउने सिप सिकेपछि जापान लगायत विश्व बजारमा रोजगारीका लागि भौँतारिनु नपर्ने उहाँले बताउनुभयो । कलेजले सुशीसहित चाइनिज, इटालियन, इन्डियन कन्टिनेन्टल सहित नेपाली रैथाने खाना बनाउने सिप प्रदान गरिरहेको उहाँले बताउनुभयो ।
प्रशिक्षक बिजय केसीले ‘सुशी’को विकास चिनबाट भएपनि जापानबाट विश्व बजारमा लोकप्रिय भएको बताउनुभयो । यो खाना स्वास्थ्यवर्दक रहेको समेत उहाँले बताउनुभयो ।
सुशीको बजार विश्वव्यापी बन्दै गएकाले अहिले विदेश जाने विद्यार्थीले सुशी बनाउने सिप सिक्न थालेको उहाँले बताउनुभयो । ‘यो काम सिकेकोले बेरोजगार बस्नुपर्दैन् ।’ उहाँले भन्नुभयो–‘ सिप पनि छोटो समयमै सिक्न सकिन्छ ।’


