दाङ, २८ असार । दाङमा जंगलबाट ल्याएको च्याउ खाँदा एक महिला बिरामी परेकी छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर २ अमुवाका २६ वर्षिय मीना न्यौपाने जंगली च्याउँ खाँदा बिरामी हुनुभएको हो ।
शुक्रबार दिउँसो जंगली च्याउँ लिएर घरमा पकाएर खाएपछि उहाँ बिरामी परेको परिवारले जनाएको छ ।
गम्भिर बिरामी परेकी उहाँलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती लाईफ केयर अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रवार