दाङ,२८ असार । दाङमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो शान्तिनगर गाउँपालिकाको एक्लेका रामबहादुर खड्काको १२ वर्षीय छोरी सुवणर् खड्काको जावुन (फरेट)को रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घरदेखि १०० मिटर टाढा पश्चिममा रहेको जावुनको रुखमा चढेर खड्काले जावुन टिप्दै गर्दा रूखबाट लडेर घाइते भएकी थिइन् । खड्काको दुबै हात र शरिरमा भित्री चोट रहेको थियो ।
गम्भीर घाइते खड्कालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएकोमा गएराती ८ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रवार